केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलवार एकै दिनमा एक हजार रुपैयाँले बढेर तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्