केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण अफ्रिकामा मान्छेको मासु खाने ५ जना पक्राउ

सहयात्रा टिभी

एजेन्सी । दक्षिण अफ्रिकाको क्वाजुन्जु–नटाल प्रान्तको शायामोया गाउँमा मान्छेको मासु खाएको भेटिएको छ । सो गाउँमा टाउको बिनाको लास भेटिएपछि खैलाबैल मच्चिएको छ । गत जुलाईदेखि बेपत्ता भएका २५ वर्षका जोनेल वेयोको टाउको विनाको लास भेटिएको हो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपम हालसम्म पाँचजनालाई पक्राउ गरेको छ ।

आफूलाई पारम्परिक डाक्टर बताउने एक व्यक्तिले प्रहरीकोमा गएर आफूले मानिसको मासु खाने गरेको र अब चाहिँ मानिसको खाँदा खाँदा थाकेको बताए । ती व्यक्तिले प्रहरीसँग यस्तो बताएपछि मात्रै गाउँबाट बेपत्ता भएका व्यक्तिको मासुकै लाग हत्या हुने गरेको रहस्य खुलेको हो । प्रहरीले सुरुमा आफूले मान्छेको मासु खाने गरेको बताउने व्यक्तिको कुरा पत्याएन । तर ती व्यक्तिले सबुतको रुपमा रगत लत्तपतिएको हात खुट्टा पेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्