केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राँगोले हानेर वडा अध्यक्षसहित चार जनालाई घाइते वनायो, राँगोलाई पनि गोलि हानेर मारियो

सहयात्रा टिभी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ मा मगंलबार राँगोले हानेर वडा अध्यक्ष कुबिर खत्री घाईते भएका छन् । राँगोले हान्दा वडाध्यक्ष खत्री सहित अन्य चार जना पनि घाइते भएका हुन्। घाइते मध्ये वडा अध्यक्षको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि दोलखा लगिएको बताईएको छ । राँगाले हान्दा घाइते हुनेमा इलाका प्रहरी कार्यालय प्रितिका एक प्रहरी जवान र स्थानीय मानबहादुर सार्की र कालु नेपालीसमेत रहेका छन् ।

राँगो उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरवाट प्रिति लाप्चानेका चन्द्रबहादुर श्रेष्ठले सोमबार खरिद गरेर ल्याएका थिए । राँगोेले सडकमा गुडिरहेको ट्याक्टर देखेर तर्सेर भाग्दै गर्दा गाउँलेहरुलाई हानेको हो । घटनास्थल पुगेको प्रहरी टोलीले राँगो समात्न खोज्दा प्रहरी सहित वडा अध्यक्ष र अन्य ४ जना घाइते भएका हुन् । राँगो समात्न नसकेपछि प्रहरीले राँगोलाई गोली हानी मारेको इलाका प्रहरी कार्यालय प्रितिले जनाएको छ ।

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्