केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुलमान घिसिङ भन्छन् : अख्तियारसँग जोडेर गरिएको प्रचार हल्ला मात्रै, आफू त्यसवाट विचलित नभएको स्पोष्टोक्ती

सहयात्रा टिभी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको कार्यवाट जो कोही देशप्रेमी नेपाली खुसी नहुने कोही छैनन् । घिसिङले आफू उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पारेका छन् । उनले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न सवैसंग आग्रह गरे ।

घिसिङले विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तीब्रता दिने कार्य निरन्तर जारी रहेको बताए । कार्यकारी निर्देशक घिसिङले ‘ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायत ऊर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण समूह एकढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको बताएका छन् ।

 

प्रकाशित : 29 August, 2017

प्रतिक्रिया दिनुहोस्