केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाउदै

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । आयोगले १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले संविधान बमोजिम संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । गत साउन ५ गते गठन भएको आयोगले ११ साउनदेखि औपचारिक रूपमा निर्वाचन क्षेत्र निर्धारणको काम सुरु गरेको थियो ।
आयोगले जनसंख्या र भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । संविधानमै जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने उल्लेख छ ।

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्