केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने मन्त्रिपरिषदको निर्णय

सहयात्रा टिभी

काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० गते एकै चरणमा गर्ने भनिएको निर्णयलाई पुनरावलोकन गरेको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि एकै चरणमा गर्ने भनिएको पूर्ववर्ती निर्णयलाई सच्याउदै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्न लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए । पहिलो चरणको निर्वाचन मंसिर १० गते नै हुनेछ भने दोस्रो चरणको निर्वाचन २१ गते हुने बताईएको छ । तर कुन प्रदेशमा पहिलो चरण र कुन प्रदेशमा दोस्रो चरणमा हुने भन्नेबारे भने सरकारले अझै टुंगो लगाएको छैन ।

 

प्रकाशित : 30 August, 2017

प्रतिक्रिया दिनुहोस्