केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्क्रब टाइफसका बिरामी बढ्दै, एक जनाको मृत्यु

सहयात्रा टिभी

कैलाली । कैलालीमा स्क्रब टाइफस संक्रमणका विरामी बढ्न थालेका छन् । साउन महिनामा स्क्रब टाइफसका विरामी सेती अञ्चल अस्पतालमा उपचारका लागि ३३ जना आएका र अञ्चल अस्पतालमा जाँच गर्ने किट नभएका कारण बिरामीहरु निजी ल्याबमा महंगो रकम तिरेर स्क्रब टाइफसको परीक्षण गर्न बाध्य भएका छन् । सरकारले निःशुल्क उपलब्ध गराउने किट नभएका कारण बिरामी मारमा परेका हुन् ।

स्क्रब टाइफसकै कारण सेती अञ्चल अस्पातलमा उपचारका लागि आएका मध्ये एकजनाको ज्यान गइसकेको छ भने १२ जनाले आईसियुमा उपचार गराइरहेका छन् । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने डाक्टरले बताएका छन् ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्