केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रसुवागढी-केरुङ नाकाबाट तेस्रो मुलुकका नागरिकले पनि चीनमा आवतजावत गर्न छुट

सहयात्रा टिभी
काठमाडौं । रसुवागढी-केरुङ नाकाबाट अबदेखि भारत र अमेरिकाका नागरिक पनि चीन जान पाउने भएका छन् । चीनले सो नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा रुपान्तरण गरेपछि तेस्रो मुलुकका नागरिकले समेत आवतजावत चीन जान र फर्कन पाउने सक्ने भएका हुन् ।
सो नाकालाई बुधबारदेखि अन्तराष्ट्रिय नाकामा स्तरोन्नती गरिएको हो। अन्तराष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी-केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकले आवत जावत गर्न सक्ने महावाणिज्यदूतको कार्यालयले जनाएको छ । चिनियाँले रसुवागढी-केरुङ नाका भविष्मा चीनलाई दक्षिण एशियासँग जोडने महत्वपूर्ण नाका हुने बताएका छन् ।
नेपाल र चीनका स्वशासित क्षेत्र तिब्बत क्षेत्रबीच रहेको रसुवागढी नाका २०७१ मंसिर १५ गतेदेखि द्विपक्षीय नाकाको रुपमा सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्