केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भदौ २२ वाट दसैंका लागि टिकट खुला

सहयात्रा टिभी

 

काठमाडौं । नेपालीको महान् पर्व दसैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच शुक्रबार बसेको बैठकले काठमाडौँबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो । लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रुको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउनेबारेमा अटेर गरे पनि विभागले मन्त्रिपरिषद्बाट छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउनेबारेमा सकारात्मक देखिएका हुन् ।

यस्तै दसैंमा यात्रुले यात्रा गर्दा अधिकतम २० किलोको सामान मात्र लान पाउने बिषयमा सहमति भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडबाडका समयमा यात्रुलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने जिम्मा व्यवसायीको भएकाले महाशाखा व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुदीप आचार्यले धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिने बताए ।

प्रकाशित : 1 September, 2017

प्रतिक्रिया दिनुहोस्