बुद्ध मनोचिकित्सक मात्रै हुन्

सहयात्रा टिभी

’दिल के फफोले जल उठे सिने के दाग से
इस घरको आग लगी घर के ही चिराग से ।’

गौतम बुद्धलाई बुझ्न दिमाग एकातिर बिसाउनुपर्छ । प्रशस्त फुर्सद हुनुपर्छ र आँखाहरू शून्य आकाशमा एकत्रित भएको हुनुपर्छ । बुद्धलाई बुझ्न सायद यतिमात्र पनि पर्याप्त नहुन सक्छ । किनकि, बुद्धत्व शब्दातीत विषय हो । बुद्धत्व अनुभूति हुने अवस्था हो । अनुभूति खास अवस्थामा भित्र अन्तरमनमा महसुस हुन्छ ।
बबुद्धत्व व्यापक विषय भए पनि यो लेखको एउटा विषयवस्तु तत्कालीन समयमा कसरी शाक्य संघले सिद्धार्थ गौतममाथि राजनीति गर्‍यो, कसरी उनी संघको कोपभाजनमा परे भन्ने हो । बुद्धबारे धार्मिक आस्थाभन्दा पर बसेर विचार व्यक्त गर्ने प्रायले भारतीय चिन्तक भीमराव अम्बेडकरलाई सन्दर्भ स्रोत बनाएको पाइन्छ । तर, अम्बेडकरको बुझाइ आंशिक सत्य मात्र हुन सक्छ । त्यसो त विद्रोही व्यक्ति समाजको कोपभाजनमा पर्छ नै । सान्दर्भिक त के भने, बुद्धमाथि अहिले पनि चर्को राजनीति भइरहेको छ । अहिले पनि बुद्धको ज्ञान विस्तार हुँदा आफ्नो अस्तित्व खतरामा परेको ठान्नेहरू उत्तिकै छन्।
यस्तो हुँदैनथ्यो भने बुद्धको देश आज विश्वकै आकर्षणको केन्द्र बन्न सक्थ्यो । यो देशका अगुवा र हामी सबै अबुझ भइदिनाले त्यो सम्भव भएन । एकातिर विश्वमै शिक्षामा भइरहेको अत्याधुनिकीकरण र अर्को्तिर हाम्रो पथहीन शिक्षा नीति हेर्दा छिट्टै बुद्धबारे अध्ययन गर्न पाश्चात्यहरूको शरणमा जानुपर्ने स्पष्ट संकेत देखिइसकेको छ । यो देशको दुःख र जलन यही देशकै उपज हो । यो देशलाई आगो लगाउने अरू कोही होइनन्, यही देशका केही अबुझहरू हुन् । अबुझहरूको दुःखी संस्कार सम्भवतः २५ सय वर्ष अघिदेखि चल्दै आएको छनक पाइन्छ ।
अम्बेडकरको बुझाइ
सिद्धार्थ गौतम शाक्य संघको सदस्य भएको आठ वर्ष बितिसकेको थियो । उनी संघका दृढ एवं बफादार सदस्य थिए । शाक्यहरूको राज्य र कोलीय गणराज्यको सिमानामा रोहिणी नदी बग्थ्यो । नदीको पानी दुवै राज्यको प्राणसमान थियो । सिँचाइ, शुद्धीकरण र पिउनका लागि दुवै राज्यले रोहिणी नदीको पानी उपयोग गर्थे । नदीमा पानी पर्याप्त नहुँदा कसले बढी पानी लैजाने भन्ने विवाद हुन्थ्यो ।
एकपटक त्यस्तै भयो । दुवै राज्यका प्रजाबीच नदीको बाँध हालेको ठाउँमा हानथाप भयो । यो खबर शाक्य संघसम्म पुग्यो । शाक्यहरू कोलीय राज्यको मिचाहा प्रवृत्तिदेखि आजित भइसकेका थिए । शाक्य संघको बैठक बस्यो । युद्ध गर्ने र कोलीयहरूलाई सबक सिकाउने निधो भयो । संघले सोध्यो( कसैलाई युद्धको निर्णय मन परेको छैन भने जाहेर गर्नु । सिद्धार्थ गौतमले युद्धको विरोध गरे । उनले हात उठाए र भने, ’कसैले कसैको हत्या गर्छ भने उसको हत्यारा पनि पैदा हुन्छ, कसैले कसैलाई पराजित गर्छ भने उसलाई हराउने व्यक्ति पनि प्रकट हु�

प्रकाशित : 2 September, 2017

प्रतिक्रिया दिनुहोस्