शनिबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट खुला

सहयात्रा टिभी

काठमाडौ । शनिबार साँझदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको नारायण–मुग्लिन सडकखण्ड आइतबार अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको हो । मुग्लिनबाट नारायणगढतर्फ १६ ठाउँमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण सवारी आवत जावतमा रोक लगाईएको थियो ।

 

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्