केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असोज २ को चुनाव अनुगमनका लागि चार आयुक्त टोली परिचालन

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको असोज २ मा २ नम्बर प्रदेशमा हुने चुनाव अनुगमनका लागि उच्चस्तरीय अनुगमन टोली परिचालन भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहको चुनाव समग्र तयारीको अवस्था, व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्त लगायतका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगका चारजना आयुक्तलाई खटाईएको छ । यसरी खटिने आयुक्तहरुमा आयुक्त इला शर्माले धनुषा र महोत्तरी, नरेन्द्र दाहाल रौतहट र सर्लाही, ईश्वरीप्रसाद पौड्याल पर्सा र बारा तथा सुधीरकुमार शाह सप्तरी र सिरहाको अनुगमन गर्ने कार्यतालिका वनेको छ ।

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्