केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुबै हात विना पाइलट बन्न सफल जेसिका काठमाडौंमा

सहयात्रा टिभी

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी एक महिलाले अरु कसैले गर्न नसकेको काम गरेर आफ्नो नाम विश्वसामु राख्न सफल भएकी छन् । १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्स यतिवेला नेपाल आएकी छन् । उड्डयन क्षेत्रमा जेसिका विश्वकी प्रतिभासहित उत्प्रेरणाको स्रोत बनेकी छन् । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावनादूत जेसिकाले उड्डयनमा एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानपछि बताएकी छिन्।

१४ वर्षको उमेरदेखि कृत्रिम हातको पनि साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शब्द टाइप गर्न सक्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् भने २००८ मा पाइलटको लाइसेन्स पाउन सफल भएकी थिईन् ।

 

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्