लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य उमेश यादव सहित जिल्ला कार्यसमिति सदस्यद्धारा पार्टी परित्याग

सहयात्रा टिभी

नवलपरासी । नेपाल लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । यादव सहित जिल्ला कार्यसमिति, क्षेत्रीय कार्य समिति, इकाई कार्य समितिका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकै मुखमा कार्यकर्तासहित यादवले पार्टी परित्याग गरेका हुन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्ट रहेको र यो बिषयमा केन्द्रिय समितिलाई समेत जानकारी गराउँदा नेतृत्व तहले पनि केही सुनवाई नगरेकोले पार्टी परित्याग गर्नुपरेको विज्ञप्ती जारी गरि यादवले बताएका छन् ।

 

प्रकाशित : 5 September, 2017

प्रतिक्रिया दिनुहोस्