बडादसैंको टीकाको उत्तम साइत विहान ११ : ५५ बजे, फूलपाती भित्रयाउन भने साइत आवश्यक नपर्ने

सहयात्रा टिभी

काठमाडौं । यसवर्षको बडादशैको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ भने त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको जनाएको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । त्यस्तै बडादशैको उत्तम साइत असोज १४ गते शनिवार विहान ११ बजेर ५५ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ । नेपाल राज्यभर दशैँ महान् पर्वका रुपमा मनाइन्छ ।

प्रकाशित : 6 September, 2017

प्रतिक्रिया दिनुहोस्