केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशकै प्रमुख आर्थिक नगरी वीरगन्जको महासंग्राम

सहयात्रा टिभी

वीरगन्ज । २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख मेयर पदका लागि आफ्नो पकडमा ल्याउन दलहरू लागिपरेका छन् । देशकै प्रमुख आर्थिक नगरी वीरगन्जमा प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा दलहरु लागिपरेका हुन् । बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् । वीरगन्ज आर्थिक नगरीसमेत रहेकोले यहांको राजनीतिप्रति सबैको चासो बढेको हो । वीरगन्जमा भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना पनि छ जसकारण नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको त्यहांका बुद्धिजिवी बताउछन् । नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै नरहेको वीरगन्जका स्थानिय र वुद्धिजिवीको तर्क रहेको छ ।

बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी मनोयन गराउनेहरू अजय द्विवेदी, विमल श्रीवास्तव, विजय सरागवी र राजेशमान सिंहबीचमै प्रतिस्पर्धी हुने जानकारहरूको दाबी छ । द्विवेदी कांग्रेसका वीरगन्ज मेयर उम्मेदवार हुन्, श्रीवास्तव राजपा परित्याग गर्दै फोरम लोकतान्त्रिकबाट, सरागवी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको तर्फबाट र सिंह राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । वीरगन्ज महानगरपालिकाभित्र १ लाख ८ हजार ५ सय एक मतदाता रहेका छन् ।

प्रकाशित : 7 September, 2017

प्रतिक्रिया दिनुहोस्