केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा ३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा तीन जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पको गहिराई ७० किलोमिटर तल रहेको थियो ।

भूकम्पपछि मेक्सिकोलगायत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होण्डुरसमासमेत सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको थियो । राजधानीका घरहरु हल्लिएका थिए भने मानिसहरुको रोडमा भागाभाग भएको थियो । भूकम्पको धक्का करिब १ मिनेटसम्म महशुस गरिएको थियो ।

भूकम्पपछि त्यस क्षेत्रमा ५.२ र ५.७ म्याग्निच्युडको बीचमा चार पटक पराकम्प गइसकेको बताइएको छ । हालै मेक्सिकाले सम्भावित समुद्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा रहन भनेको थियो ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्