=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


संघ र प्रदेश सभाको निर्वाचनको मतगणना एकैपटक हुने

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेश सभा निर्वाचनको मतगणना एकैपटक अघि बढाउने निर्णय गरेको छ।

आयोगको आज बसेको बैठकले दुई चरणमा हुने निर्वाचनको मतगणना भने एकैसाथ गर्ने निर्णय गरेको आयोग स्रोतले जनाएको छ।

मंसिर १० मा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुने भए पनि मतगणना भने मंसिर २१ को निर्वाचनपछि मात्रै हुनेछ।
२१ गते ४५ जिल्लामा निर्वाचन हुनेछ।

प्रकाशित : 8 September, 2017

प्रतिक्रिया दिनुहोस्