=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


देउवा नेतृत्वको सरकारमा पुनः मन्त्रीपरिषद् विस्तार हुदै, राप्रपा प्रजातान्त्रिक पनि सरकारमा

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । अव हुने मन्त्रीपरिषद् विस्तारमा राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएपछि देउवा नेतृत्वको सरकार विस्तार हुने भएको हो । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरेको छ । तर प्रधानमन्त्री कार्यलयले भने ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेको वुझिएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गरेको पनि वुझिएको छ । तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री देउवा आफैसँग भएका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी भईरहेको छ । मन्त्रीपरिषद्मा हाल प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय जम्बो मन्त्रीपरिषद रहेको छ भने अव पुनः मन्त्रीपरिषद विस्तारसंगै देउवा नेतृत्वको मन्त्रिमण्डल झनै जम्वो हुनेछ ।

प्रकाशित : 10 September, 2017

प्रतिक्रिया दिनुहोस्