केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा नेतृत्वको सरकारमा पाँचौं पटक मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीले लिए सपथ

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पाँचौं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थप गरी प्रधानमन्त्री देउवाले जम्बो आकारसहित पाँचौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् । ५१ सदस्यीय देउवा नेतृत्वको मन्त्रिमण्डल मा आज चार मन्त्री थपिएपछि अब मन्त्रिमण्डल ५४ सदस्यीय बनेको छ।

राप्रपा प्रजातान्त्रिकबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री बन्ने पक्का भएको छ । व्यवस्थापिका–संसद्‌मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गरेको छ । दीपक बोहोरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण, सुनिल थापा उद्योग तथा रेशम लामा उद्योग राज्यमन्त्री हुने टुंगो लागेको हो । सोमबार ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ५४ सदस्यीय पुग्नेछ ।

राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको बताएका छन् ।
सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड भंग गर्दै इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको हुदा यसको चौतर्फी विरोध भईरहेको छ ।

 

प्रकाशित : 11 September, 2017

प्रतिक्रिया दिनुहोस्