केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर–नेता निधि

सहयात्रा टिभी

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

पूर्व महामन्त्री निधिले नेकपा (एमाले) मधेश विरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राख्नुभयो ।

प्रदेश नं २ मा कांग्रेसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले कांग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएका छन् भन्नुभयो ।

उहाँले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भन्नुभयो । रासस

प्रकाशित : 11 September, 2017

प्रतिक्रिया दिनुहोस्