चुनावी प्रचारमा शीर्ष नेताहरु सवै तराई केन्द्रित, शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको असोज २ गतेको प्रदेश नम्बर २ मा हुने चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ यतिवेला ठूला दलका नेताहरु तराई केन्द्रित भएका छन् । का‍ंग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत दलका शीर्ष नेता २ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा सहभागी भइरहेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुलाई २ नम्बर प्रदेशमा खटाएको छ । शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले सबै दलका नेता बिहीबार र शुक्रबार दिउँसोसम्म ठाउँठाउँका सभामा सहभागी हुने भएका छन् ।

प्रकाशित : 14 September, 2017

प्रतिक्रिया दिनुहोस्