केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्रवारदेखि मतदाता परिचय पत्र वितरण, भोट हाल्ने तरिका सिकाईदै

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले असोज २ मा हुने स्थानीय चुनावका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैैछ । आयोगले प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ९२ हजार मतदातालाई परिचय पत्र वितरण गर्न लागेको हो । परिचयपत्र लिन आफ्नो परिचय खुल्ने कागजजात लिएर मतदान केन्द्रमा पुगेमा मतदाता परिचयपत्र लिन पाईने आयोगले जनाएको छ । परिचयपत्र लिन पुगेकालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगले जनाएको छ ।
भोट हाल्ने सहि तरिका नजान्दा स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा २ देखि ३ प्रतिशत मत पूर्ण रुपमा बदर भएको थियो ।

प्रकाशित : 15 September, 2017

प्रतिक्रिया दिनुहोस्