सुनको भाउ ३ सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । सुनको भाउ फेरि बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार ५७ हजार १ सय रुपैयाँमा झरेको हो ।
यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ८ सय ९० मा कारोबार भएको चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : 15 September, 2017

प्रतिक्रिया दिनुहोस्