केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लामो समयका लागि विदेश यात्रामा जाँदै सभामुख : दर्जनौं विधेयक अलपत्र

सहयात्रा टिभी

काठमाडौं । संसद्को समयावधि झन्डै एक महिना मात्रै बाँकी रहँको अवस्थामा सभामुख ओनसरी घर्तीमगर विदेश भ्रमणको तयारीमा जुटेकी छन् । यही समयावधिमा दर्जनौं विधेयक पारित गर्नुपर्ने जिम्मेवारी उनको काँधमा छ तर सो जिम्मेवारीबाट पन्छिँदै लामो समयका लागि विदेश भ्रमणका लागि सभामुख घर्ती विदेश यात्रामा जान लागेकी हुन् । सभामुख घर्ती असोज पहिलो साता चीन र तेस्रो सातादेखि श्रीलंका भ्रमणमा जान लागेकी हुन् । श्रीलंकापछि असोज २८ देखि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा भाग लिन उनी रुस जाने मनस्थितिमा रहेको संसद् सचिवालयले जनाएको छ । असोज ३ गते संसद् दिवसका दिन सार्वजनिक बिदा हुने भए पनि सभामुख घर्तीले भोलिपल्ट चीन भ्रमणमा जाने भएपछि सार्वजनिक बिदाकै दिन संसद् बैठक बोलाएकी छन् ।

२ नम्बर प्रदेशमा २ गते स्थानीय तहको निर्वाचन र अन्य जिल्लाका सांसद जिल्ला भ्रमणमा रहेकाले सभामुख घर्तीले संविधान दिवसका दिन (असोज ३ गते) बैठक बोलाएकोमा सांसदहरू रुष्ट छन् । भदौ २३ गते एकैदिन तीनवटा बैठक राख्दा पनि कोरम नपुगेपछि सभामुख घर्तीले असोज ३ गतेलाई सारेकी थिइन् । तर, स्थानीय तह निर्वाचनका लागि मधेसमा रहेका सांसद उपस्थित नभए ३ गते कोरम पुग्नै कठिन रहेको प्रभावशाली नेताहरुको वुझाई छ ।

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्