केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिसी यू १९ एसिया कपका लागि नेपाल छनोट

सहयात्रा टिभी

काठमाडौँ । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो । सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा पूरा गर्‍यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए । नेपालले खेलको १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो ।

बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

हङकङका हरप्रित सिंहले सर्वाधिक २० रन बनाए । बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन तीन विकेट लिए भने अनिलकुमार र दीपेन्द्रसिंहले एक एक विकेट लिए । हङकङका दुई ब्याटसम्यान रनआउट भएका थिए ।

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्