केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार

सहयात्रा टिभी

काठमाडौं । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।

निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको उहाँले बताउनुभयो । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार रु पाँच हजार जरिवाना गरिन्छ ।

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्