केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन– एमाले अध्यक्ष ओली

सहयात्रा टिभी

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सबै जातजाति, भाषाभाषी भएको मुलुकमा सबै समुदायलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले एमाले, देशभक्त, सुशासन, शान्ति र सद्भावको निम्ति काम गर्ने पार्टी भएकाले जनतको विश्वास जित्दै गएको बताउँदै अध्यक्ष ओलीले देशमा सामाजिक सद्भावलाई कायम राखेर विकास र समृद्धिको बाटोमा सबै जुट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले एमाले आगामी निर्वाचनमा पहिलो शक्तिका रुपमा उदाउने दाबी गर्दै तराई मधेश, पहाडलाई एकताबद्ध बनाएर एमाले अगाडि बढ्ने बताउनुभयो । रासस

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्