पूर्वराष्ट्रपतिलाई सेवा सुविधा : काठमाडौंमा घर हुनेलाई मासिक दुई लाख, नहुनेलाई बार्षिक १० लाख !
सहयात्रा टिभी
काठमाडौं । पूर्वराष्ट्रपतिलाई अवदेखि छुट्टै सेवा सुविधा दिईने भएको छ । काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक २ लाख र घर हुनेलाई वार्षिक १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्था गरिएको हो । पूर्वराष्ट्रपतिलाई उक्त सेवा सुविधाको व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ ।
त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको जनाईएको छ ।