केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माको घरमा बम विस्फोट

सहयात्रा टिभी

काठमाडौं । भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा विस्फोट भएको छ । बूढानिलकण्ठस्थित शर्माको घरमा गएराति परिचय नखुलेको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । बम विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रहरीले जनाएको छ । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित : 18 September, 2017

प्रतिक्रिया दिनुहोस्