प्रदेश नं. २ मा दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

सहयात्रा टिभी

काठमाडौँ । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९ः३० बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ ।

आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र)ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी हुनुभएको छ भने धनगढीमाई नगरपालिका–३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी हुनुभएको छ ।

अर्नमा गाउँपालिका–१ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी हुुनुभएको छ भने अर्नामा–२ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल विजयी हुनुभएको छ ।

मिर्चैया नगरपालिका–१ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएको छ भने विष्णुपुर गाउँपालिका–१ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी हुनुभएको जिल्

प्रकाशित : 20 September, 2017

प्रतिक्रिया दिनुहोस्