पार्टी विभाजन प्रिय विषय होईन : राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष राणा
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले मुलुकमा विकास र जनताको समृद्धि कायम गर्नका लागि राप्रपा (प्रजातान्त्रिक) उदाएको र त्यसैका निमित्त सरकारमा सहभागी भएको बताउनुभएको छ ।
काठमाडौमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष राणले मुलुकमा दिगो शान्ति र निर्वाचनको सुनिश्चितताका लागि राप्रपा (प्रजातान्त्रिक) कटिवद्ध भई लाग्ने बताउनुभएको हो । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले दशै असत्यमाथि सत्यको जितको पर्वको रुपमा मनाईने भएकाले नेपाल र नेपालीलाई सत्यको बाटोमा हिड्न प्ररेणा दिने विश्वास ब्यक्त गर्नुभयो ।
अध्यक्ष राणाले पार्टीले सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताउनुभयो ।
संविधानअनुसार चुनाव सम्पन्न भएपछि लोकतन्त्रको सुदृढीकरण भई जनताको समृद्धिको चाहनालाई मूल लक्ष्यका साथ पूरा गर्न सकिने उहाको भनाइ थियो ।
पार्टी विभाजन प्रिय विषय होईन, पार्टीभित्रको भद्र सहमति कार्यान्वयन नभएको र बैचारीक मतभेदका कारण पार्टी विभाजन भएको उहांको भनाई थियो । पार्टी अध्यक्ष राणाले बृहत प्रजातान्त्रीक मोर्चा निमार्णका लागि राप्रपाको तत्कालीन नेतृत्व र प्रवृत्ति बाधक बनेकाले आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य बनेको समेत प्रस्ट पार्नुभयो ।