भोज पनि खाने पैसा पनि लिने, अनि भोट चाँही राजपालाई ?

सहयात्रा टिभी

रौतहट । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप भएको छ । नेपाली कांग्रेस र राजपा विच झडप हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत्यु हुनेमा ५० वर्षीय रामपुकार राय यादव रहेका छन् ।

कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद हुदां लाठी प्रहारवाट घाईते रायको घटनास्थलमै मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा अनुठा राय यादव, भूठा यादव, बैजु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : 21 September, 2017

प्रतिक्रिया दिनुहोस्