केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१३५ स्थानीय तहमध्ये २७ वटा स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३५ स्थानीय तहमा यही असोज २ गते भएको चुनावको धमाधम मतपरिणाम सार्वजनिक भईरहेको छ । ८ जिल्लाका १ सय ३५ स्थानीय तहमध्ये हालसम्म २७ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) लाई प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ९ स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ५ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ४ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ३ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन् ।

 

प्रकाशित : 21 September, 2017

प्रतिक्रिया दिनुहोस्