बल्खुमा भीषण आगलागी, एक चर्चसंगै ६० घर जलेर नष्ट

सहयात्रा टिभी

काठमाडौँ । बल्खुस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ६० घर जलेर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दा शुरु भएको आगलागी सवै बस्तीमा सल्किएसंगै यति ठूलो क्षति भएको हो । आगलागिमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासीले बताएका छन् । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : 1 October, 2017

प्रतिक्रिया दिनुहोस्