केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वका सबैभन्दा अस्वस्थ २० देशहरु

सहयात्रा टिभी

एजेन्सी । चिकित्सा तथा स्वास्थ्य सम्बन्धी अध्ययन र विश्लेषण गर्ने बेलायती वेबसाइट क्लिनिक कम्पेएरले विश्वका सबैभन्दा अस्वस्थ देशहरुको सूचि तयार गरेको छ ।

विश्व स्वास्थ्य संगठन, सिआइए वल्र्ड फ्याक्टबुक तथा विश्व फोक्सो संस्थाबाट प्राप्त तथ्यांकका आधारमा विश्वका १ सय ७९ वटा देशको विश्लेषण गरी अस्वस्थ देशहरुको सूचिकरण गरिएको हो । त्यसक्रममा प्रतिव्यक्ति प्रतिवर्ष मदिरा तथा सूर्ति सेवनका साथै मोटोपनालाई आधार लिइएको छ ।

यी सबै मापदण्डका आधारमा हरेक देशलाई निशिचत अंक प्रदान गरी कुन देशका जनता सबैभन्दा धेरै अस्वस्थ रहेछन् भन्ने कुरा पत्ता लगाइएको छ ।

रोचक कुरा त के विश्वका सबैभन्दा अस्वस्थ २० देशमध्ये १० वटा देश त पूर्वी युरोपकै रहेका छन्। अनि अति कम विकशित कुनैप्नि देश यो सूचिमा छैनन् । विश्वका सबैभन्दा अस्वस्थ २० देशहरु यी हुन्ः

१. चेक गणतन्त्रः चेक गणतन्त्र विश्वको सबैभन्दा अस्वस्थ जनता भएको देश हो । यो देश रक्सी सेवनको दृष्टिले विश्वमा पाँचौ र सूर्तिजन्य पदार्थ सेवनको दृष्टिले २२ औँ नम्बरमा पर्दछ । चेक गणतन्त्रका २९.१ प्रतिशत जनता मोटोपनाबाट ग्रस्त छन् ।

२. रुसः दोश्रो अस्वस्थ देश रहेको रुसमा रक्सी र चुरोटको सेवन यतिधेरै हुन्छ की हरेक मानिसले औषतमा वर्षेनी १३.७ लिटर रक्सी र २६९० गोटा चुरोट सेवन गर्दछ ।

३. स्लोभेनियाः स्लोभेनियालीहरु रक्सी सेवनको दृष्टिले विश्वमा छैटौँ नम्बरमा पर्दछन् । साथै उक्त देशका हरेक जनताले वर्षेनी औषतमा २६ सय ३७ गोटा चुरोट सेवन गर्दछन्।

४.बेलारुसः चौथो अस्वस्थ देश रहेको बेलारुस रक्सी र सूर्तिजन्य पदार्थ सेवको दृष्टिले चाहीँ विश्वमा दोश्रो नम्बरमै आउँछ ।

५.स्लोभाकियाः यो देशका २७.४ प्रतिशत मानिस मोटोपनाबाट ग्रस्त छन् । साथै रक्सी सेवनको दृष्टिले विश्वमा नबौँ स्थानमा पर्दछन् ।

६. हंगेरीः औषतमा एकजना हंगेरियनले वर्षमा १७७४ गोटा चुरोट पिउँदछन् ।

७. क्रोएसियाः विश्वको सातौँ अस्वस्थ देश हो क्रोएसिया । यहाँ प्रतिव्यक्ति मदिरा सेवन वार्षिक १३.६ लिटर रहेको छ ।

८. पोल्याण्डः पोल्याण्डमा हरेक व्यक्तिले औषतमा वाषिर्क १३६९ गोटा चुरोट तथा १२.३ लिटर रक्सी सेवन गर्दछन् ।

९. लक्जेम्बर्गः उक्त देशमा सयमा २५ जना मानिस मोटोपनाबाट ग्रस्त रहेका छन् ।

१०. अमेरिकाः विश्वका टपटेन अस्वस्थ देशहरुको सूचिमा अटाउन सफल एकमात्र युरोप बाहिरको देश हो अमेरिका । अमेरिकीहरु मोटोपनाको दृष्टिले चाहीँ विश्वमा नबौँ नम्बरमै आउँछन्। अमेरिकाको ३५ प्रतिशत वयस्क जनसंख्या खतरनाक मोटोपनाबाट ग्रस्त छ ।

१०. लिथुआनियाः समग्र अस्वस्थताको दृष्टिले अमेरिका सँगै दशौँ स्थानमा रहेको लिथुआनिया रक्सी सेवनको दृष्टिले चाहीँ विश्वमा पहिलो नम्बरमै आउँछ । लिथुआनियनहरु वर्षेनी औषतमा १८.२ लिटर रक्सी पिउँदछन् ।

११.बुल्गेरियाः विश्वको ११ औँ अस्वस्थ देश रहेको बुल्गेरिया रक्सी सेवन मात्रको दृष्टिले छैटौँ नम्बरमा आउँछ भने यहाँका २५.६ मानिस मोटोपनाबाट ग्रस्त छन् ।

१२.इस्टोनियाः इस्टोनियामा २४.५ प्रतिशत मानिसहरु मोटोपनाबाट ग्रसित छन् । साथै उक्त देशमा प्रतिव्यक्ति मदिरासेवन वाषिर्क १२.८ लिटर रहेको छ ।

१३. बेल्जियमः १३ औँ अस्वस्थ देशको रुपमा रहेको बेल्जियम अल्कोहल र सूर्तिजन्य पदार्थ सेवनमा चाहीँ विश्वमा सातौँ नम्बरमा रहेको छ ।

१४.क्यानडाः क्यानडामा ३०.१ प्रतिशत मानिसहरु मोटोपनाबाट ग्रस्त छन् ।

१५. लेबनानः लेबनान सूर्ति सेवनको दृष्टिले चाहीँ विश्वमै तेश्रो स्थानमा आउँछ । हरेक लेबनानीले वर्षमा ३०२३ गोटा चुरोट पिउँछन्।

१६. अष्ट्रेलियाः अष्ट्रेलियामा प्रतिव्यक्ति वाषिर्क रक्सी सेवन ११.२ लिटर रहेको छ ।

१७.ग्रिसः ग्रिसमा २५ प्रतिशत भन्दा धेरै मानिसहरु मोटोपनाबाट ग्रसित छन् ।

१८.रोमानियाः रोमानियामा हरेक व्यक्तिले वर्षेनी औषतमा १६१९ गोटा चुरोट पिउँछन् ।

१९.बेलायतः बेलायतीहरु रक्सी सेवनको दृष्टिले चाहीँ नबौँ नम्बरमै आउँछन् ।

२०. युक्रेनः हरेक युक्रेनीहरुले वर्षमा १२.८ लिटर रक्सी बुत्याउँछन् । एजेन्सी

प्रकाशित : 1 October, 2017

प्रतिक्रिया दिनुहोस्