केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लस भेगास गोलीकाण्डको त्रास, हालसम्मकै ठूला गोली काण्ड

सहयात्रा टिभी

एजेन्सी । अमेरिकाको लस भेगासमा बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ५९ जनाको ज्यान गएको छ । घटनामा ५ सय २७ भन्दा बढी घाइते भएका छन् । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कन्र्सट भइरहेको ठाउँमा आइतबार राति अन्धाधुन्ध गोली प्रहार भएको हो । ६४ वर्षका बन्दुकधारी स्टीफन म्याडोककोले होटलको ३२ औँ तलाबाट अन्धाधुन्ध गोली चलाएको र सो घटनापछि आफूलाई पनि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । जवाफी कारवाहीमा मारिएको जनाएको छ । उनी स्थानीय बासिन्दा हुन् ।

सो घटनामा परि घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भइहेको छ । अमेरिकाको इतिहासमा यो अहिलेसम्मकै ठूला गोली काण्ड भएको बताईएको छ ।

प्रकाशित : 3 October, 2017

प्रतिक्रिया दिनुहोस्