एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार
सहयात्रा टिभी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि झापाको क्षेत्र नम्बर ५ बाट सिफासि भएको छ । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिए ।
झापा क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओली शर्माको नाम सर्वसम्मत सिफारिस भएको सचिव अधिकारीले बताए ।