ग्यास्ट्रिकले सताएर हैरान हुनुहुन्छ ? यस्तो छ उपाय

सहयात्रा टिभी

नेपाली उखान नै छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । के साच्चै यसो हो त ? यदि हो भने तपाई हामी होशीयार हुनैपर्छ । धेरैको ग्यास्ट्रिक गुनासो सुनिन्छ पाईन्छ आजभोली । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी बनिरहेको छ आजभोली । व्यस्त जीवनशैली, कम ब्यायाम, मीसावटयुक्त खाना, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ । मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ ।

नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। यो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले।

औषधी बनाउने बिधी यस्तो छ एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ। रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खेलेर आउँछ। एजेन्सी

प्रकाशित : 5 October, 2017

प्रतिक्रिया दिनुहोस्