उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नजाने

सहयात्रा टिभी

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।

कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा सहभागी हुने फोरमले औपचारिक निर्णय गरेको छ । पार्टीको सो औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री देउवालाई पनि जानकारी गराइसकेको पार्टीका वरिष्ठ उपाध्यक्ष अशोककुमार राईले जानकारी दिएका छन् ।

प्रकाशित : 6 October, 2017

प्रतिक्रिया दिनुहोस्