केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

सहयात्रा टिभी

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक-कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।

बडादशैँयता ३६८ वटा ट्रक।कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक-कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित : 8 October, 2017

प्रतिक्रिया दिनुहोस्