शान्तिनगरमा निर्माण ब्यवसायीमाथि गोली प्रहार
सहयात्रा टिभी
काठमाडौं: काठमाडौंको शान्तिनगरमा निर्माण ब्यवसायी संघका अध्यक्षमाथि गोली प्रहार गरिएको छ ।
सोमबार दिउँसो अज्ञात समूहले शान्तिनगरस्थित प्रयाग मार्गमा हिड्दै गरेको अवस्थामा संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानेको महानगरी प्रहरी वृत बानेश्वरका डिएपी रवि पौडेलले बताए।
उनका अनुसार गौचनको पेटमा दुई गोली लागेको छ । गोली प्रहारबाट घाइते गौचनलाई उपचारका लागि सिभिल अस्पचतालमा भर्ना गरिएको छ ।
गोलीकाण्डबारे महानगरीय प्रहरीले छानबिन भइरहेको जनाएको छ।