निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको दिनदहाडै गोली हानी हत्या

सहयात्रा टिभी

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । दुई अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागी घाइते हुनु भएका गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौं, शान्तिनगरको प्रयागमार्गमा मोटर साइकलमा आएका अज्ञात व्यक्तिले गौचनमाथि गोली प्रहार गरेका थिए ।

डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुर्याउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख, छाती र टाउकोमा गोली लागेको छ ।

गौचन महासंघको चार महिना अघि भएको ४३ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

प्रकाशित : 9 October, 2017

प्रतिक्रिया दिनुहोस्