केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं. ५ बाट सिफारिस

सहयात्रा टिभी

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं. ५ बाट सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुनुहुन्छ । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ । साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रकाशित : 11 October, 2017

प्रतिक्रिया दिनुहोस्