छात्राले बनाइन् विद्यालयमा शौचालय

सहयात्रा टिभी

बझाङ । विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेकी छन् । छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयकी छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाबाट आफँैले बोकेर आफ्नै लगानीमा शौचालय निर्माण गरेकी हुन् ।

विद्यालयमा छात्रछात्राका लागि एकै शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहने, कति जना दिदीले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडे महिनावारी भएको समयमा त पाँच दिनसम्म हामीले विद्यालयमा आउनै छोड्ने गरेको कक्षा ९ की मनिसा धामीले बताउनुभयो ।

गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही नआउने गरेको, शौचालयका लागि आएको रकम कहाँ जान्छ थाहा छैन छात्राको समस्या शिक्षकले नबुझेपछि निकै समस्या भएको छात्राहरु बताउँछन् । विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिर्वतनअन्तर्गत किशोर–किशोरी समूह गठन गरी विभिन्न खाले तालीम दिएपछि हाम्रो आँखा खुले र शौचालय निर्माण गरियो ।

प्रकाशित : 12 October, 2017

प्रतिक्रिया दिनुहोस्