केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदको आयु शनिवार मध्यरातीदेखि समाप्त, अन्तिम बैठक शनिवार

सहयात्रा टिभी

काठमाडौं । सविधानसभाबाट रुपान्तरित संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि पुनः शनिवार पनि बस्दैछ । शनिबारको बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेगरी अन्तिम बैठक बस्न लागेको हो । शनिबार हुने अन्तिम बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसदको आयु शनिवार मध्यरातीदेखि समाप्त हुदैछ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन आइतबारसम्मको समय तोकिएको छ । राष्ट्रियसभा गठनमा बहुमतीय वा एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलहरुबिच सहमति हुन नसक्दा विधेयक अलपत्र परेको छ ।

प्रकाशित : 14 October, 2017

प्रतिक्रिया दिनुहोस्