केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसमा गच्छदारको पार्टी मिसियो

सहयात्रा टिभी

गच्छदार एक दशकपछि माउ पार्टी फर्किए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम मिसिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।

पार्टी एकतासँगै एक दशकपछि विजयकुमार गच्छदार पुनः माउ पार्टीमा फर्किका छन् । मधेस आन्दोलनलगत्तै कांग्रस छाडेर गच्छदार मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

पार्टी एकता कार्यक्रममा बोल्दै उनले लोकतन्त्र जोगाउन कांग्रेससँग एकीकरण गरेको बताए ।

आजैबाट उनले नेतृत्व गरिरहेको पार्टी नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । हिजो हुने भनिएको एकीकरण कार्यक्रम समानुपातिक टिकट बाँडफाँडका कारण ढिलाई भएको थियो ।

कांग्रेस स्रोतका अनुसार एकीकरणपछि गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी छ । उनलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमध्ये एकमा मनोनित गर्ने तयारी भएको सभापति देउवा निकट एक कांग्रेस नेताले बताए ।
फोरम लोकतान्त्रिकमा पछि मिसिएका केही नेताले भने कांग्रेससँगको एकीकरण अस्वीकार गरेका छन् ।

एकीकरण कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलसहित अन्य कांग्रेसी नेता तथा कार्यकर्ता र लोकतान्त्रिक फोरमका नेता कार्यकर्ता उपस्थित थिए ।

प्रकाशित : 16 October, 2017

प्रतिक्रिया दिनुहोस्