केपी ओली प्रचण्ड माधव नेपाल एमाले


४ वटा मतपत्र बनाउनु नपर्ने सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन नपर्ने गरि आदेश दिएको छ । यसअघि, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि छुट्टाछुट्टै चार वटा मतपत्र बनाउन माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि आयोगले मतपत्र छापे बमोजिम नै दुई वटा मतपत्रबाटै चुनाव हुने भएको हो ।

उक्त रिटमा न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको हो ।
निर्वाचन आयोगले संघ र प्रदेशका लागि प्रत्यक्षतर्फको एउटा पानामा र समानुपातिकतर्फ अर्को पानामा दुई र दुईवटा मतपत्र छापेको छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

 

प्रकाशित : 18 October, 2017

प्रतिक्रिया दिनुहोस्