नेपाल संवत् आजबाट सुरू

सहयात्रा टिभी

काठमाडौं । आजकै दिनदेखि नेपालको मौलिक सम्वत् नेपाल संवतको नयाँ वर्ष ११३८ प्रारम्भ भएको छ । लिच्छवी राजा राघवदेवको पालामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःले नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल सम्वत सुरु गरेको र सोही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो । नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विक्रम सम्वत २०५६ मंसिर २ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यसैगरी, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिपरिषद्द्धारा विक्रम सम्बत २०६५ कात्तिक ७ मा राष्ट्रिय विभूति शङ्खधर साख्वाद्धारा प्रतिपादित यस सम्वतलाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

प्रकाशित : 20 October, 2017

प्रतिक्रिया दिनुहोस्