केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली भूमीमा खेत जोत्न दिएनन् भारतीय सुरक्षाकर्मीले

सहयात्रा टिभी

कञ्चनपुर । नेपाली भूभाग जुन भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८, सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नै खेत जोत्नमा रोक लगाएको छ । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो ।
नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नम्बर १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् ।

 

विक्रम संवत २०२३ देखि त्यो जग्गा गुरुङले भोगचलन गर्दै आएका हुन् । सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । धान रोप्न रोकेको विषयमा स्थानीय प्रतिकारमा उत्रेका थिए ।

प्रकाशित : 20 October, 2017

प्रतिक्रिया दिनुहोस्